अन्तर्राष्ट्रिय प्रभावले सुनको भाउमा गिरावट, तोलामा ३ हजारले घट्यो

काठमाडौं । शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेको छ । चाँदीको मोल पनि तोलामा ५ रुपैयाँले  घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १४५ रुपैयाँ निर्धारण भएको छ । 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तर्राष्ट्रिय  सञ्चारमाध्यमरूले जनाएका छन् ।   

Share News