रुपन्देहीको सैनामैनामा कजारियाको प्रिमियम टायल्स शोरूम उद्घाटन

काठमाडौं । कजारियाले नेपालमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा रुपन्देहीको सैनामैनामा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । धर्मा ट्रेडर्सद्वारा सञ्चालित उक्त शोरूमले कजारियाका उच्च गुणस्तरयुक्त प्रिमियम टायलहरू स्थानीय ग्राहकसम्म सहज रूपमा पुर्याउने उद्देश्य राखेको छ ।

शोरूमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले रिबन काटेर गरेका हुन् । कार्यक्रमलाई थप गौरवमय बनाउने गरी कजारिया रमेश टाइल्स लिमिटेडका प्रतिनिधि बिमल ज्ञवालीको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा अध्यक्ष पोखरेलले कजारियाको नयाँ शोरूमले स्थानीय व्यवसाय, निर्माण उद्योग र उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्दै भने, 'सैनामैनामा शोरूमको स्थापना क्षेत्रीय व्यापार र पूर्वाधार विकासका लागि ठूलो उपलब्धि हो ।'

यो शोरूममार्फत कजारियाले नेपालमा आफ्ना उत्पादनहरूको पहुँच विस्तार गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरको डिजाईन र गुणस्तरयुक्त टायल्स नेपाली उपभोक्तासमक्ष ल्याउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । सैनामैनामा कजारियाको उपस्थिति निर्माण क्षेत्रका लागि पनि सशक्त सन्देश बनेको छ ।

कम्पनीले आगामी दिनमा नेपालभर यस्ता प्रिमियम शोरूमहरू थप विस्तार गर्दै निर्माण सामग्रीको बजारमा आफ्नो नेतृत्व बलियो बनाउने योजना रहेको जनाएको छ ।

Share News