काठमाडौं । कजारियाले नेपालमा आफ्नो उपस्थिति थप सशक्त बनाउँदै जीतपुर, बारामा नयाँ अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । हिमाल ट्रेडिङ्गद्वारा सञ्चालित यस शोरूमले बढ्दो टायल मागलाई पूरा गर्न उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउने लक्ष्य कम्पनीले राखेको छ ।
शोरूमको उद्घाटन कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ प्रमुख अतिथि थिए । उनले रिबन काटेर उद्घाटन गर्दै शुभकामना व्यक्त गरे । कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका सेल्स प्रतिनिधिहरूको उपस्थिति पनि थियो ।
पूर्वमन्त्री श्रेष्ठले भने, 'जीतपुरमा कजारियाको शोरूम क्षेत्रीय विकासतर्फको एक महत्वपूर्ण पाइला हो। यसले स्थानीय उपभोक्तालाई विश्वस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउनेछ ।'
बारा जिल्लाको महत्त्वपूर्ण क्षेत्र जीतपुरमा अवस्थित यस शोरूमले प्रिमियम टायल्सको विस्तृत संग्रह प्रस्तुत गर्दै निर्माण व्यवसायी, आर्किटेक्ट र घरधनीलाई सुविधा दिनेछ ।
कम्पनीका अनुसार नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरिसकेको कजारिया रमेश टाइल्स लिमिटेडले अत्याधुनिक प्रविधिबाट ३,००० भन्दा बढी डिजाइनका टायल्स उत्पादन गर्दै आइरहेको छ । नेपाली बजारको सजावटप्रतिको बढ्दो रुचिलाई ध्यानमा राख्दै कम्पनीले आफ्ना उत्पादनहरू सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित यो नयाँ शोरूम स्थापना गरेको हो ।