काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लाग्दै आइतबार तोलामा १४ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम गरिएको छ । शुक्रबार सुनको मूल्य १ लाख ९० हजार ४ सय रुपैयाँ थियो ।
यससँगै सुनको मूल्य २ लाख नजिकै पुगेको छ । यसैबीच, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदीको कारोबार प्रतितोला २ हजार ५ रुपैयाँमै भइरहेको छ ।