काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्व पौडेलले ऐनले दिएको अधिकार प्रयोग गरेर काम गर्ने बताएका छन् । बुधबार राष्ट्र बैंक पुगेर पदभार ग्रहण गर्दै उनले अब आफूले ऐनका अधिकार प्रयोग गरेर काम गर्ने र कुनै र कसैसँग झगडा नगर्ने धारणा राखेका हुन् ।
मौद्रिक नीतिले वित्तीय नीतिको लक्ष्य सफल बनाउन भूमिका खेल्ने बताएका हुन् ।
यस्तै, उनले कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत सम्बन्धीमा पनि धारणा राखेका छन् । उनले भने, ‘मेरो हातमा केही आएको छैन । अब पुरानो अवस्था नहोला ।’