नवलपुर । कजारिया रमेश टाइल्स लिमिटेडले गैंडाकोटको नवलपुरमा नयाँ अत्याधुनिक सोरुमको उद्घाटन गरेको छ । न्यू राजस्थानी मार्बल एण्ड टाइल्स सप्लायर्स द्वारा सञ्चालित यो सोरुमले नेपालमा कजारियाको उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन प्रमुख अतिथिका रूपमा सहभागी भए । समारोहमा कजारिया रमेश टाइल्सका क्षेत्रीय सेल्स प्रतिनिधि विकास गौतम र राष्ट्रिय प्रबन्धक अभ्याश भूषण तिवारीको पनि उपस्थिति थियो।
कार्यक्रममा प्रमुख अतिथिले रिबन काटेर शोरुमको औपचारिक उद्घाटन गरे । सो अवसरमा राष्ट्रिय प्रबन्धक तिवारीले कजारियाको उद्देश्य टिकाउ, उच्च गुणस्तर र आकर्षक डिजाइनयुक्त टायल्स नेपाली उपभोक्तासम्म पुर्याउनु रहेको बताए ।
गैंडाकोटको यो शोरुमले आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूका लागि प्रिमियम टायल्सको विस्तृत संग्रह उपलब्ध गराउनेछ । यसले ग्राहकलाई स्थानीय तहमै गुणस्तरीय सेवा र सजिलो पहुँच सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।
नेपालभर कजारियाका प्रिमियम टायल्स सहजै उपलब्ध गराउने लक्ष्यका साथ कम्पनीले नवलपरासीमा देशकै सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट सञ्चालनमा ल्याइसकेको छ । ४०० करोड रुपैयाँको लगानीमा स्थापना भएको उक्त प्लान्टले वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्ने लक्ष्य राखेको छ ।