६५०० एमएएच ब्याट्री र ५० एमपी क्यामेरासहितको भिभो भी ५० लाईट बजारमा सार्वजनिक गरिने

काठमाडौं । नेपाली स्मार्टफोन बजारमा नयाँ ऊर्जा थप्दै, भिभोले छिट्टै आफ्नो नयाँ स्मार्टफोन भिभो भी ५० लाईट सार्वजनिक गर्ने तयारी गरिरहेको छ । स्टाइल, शक्तिशाली प्रदर्शन र नविन प्रविधिले भरिएको यो फोनले बजारमा नयाँ ट्रेन्डको शुरुआत गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार यो स्मार्टफोनमा ६५०० एमएएचको ब्लु वल्ट ब्याट्री रहनेछ, जसले ९० वाटको फ्ल्यास चार्जिङ सपोर्ट गर्नेछ । लामो समय टिक्ने ब्याट्री हुँदा पनि, ७।७९ एमएमको अल्ट्रा–स्लिम प्रोफाइलले यो फोनलाई स्टाइलिश बनाउने छ ।

प्रदर्शन पक्षमा, भी ५० लाईटमा मीडियाटेक डाइमेन्सिटी ६३०० वा स्न्यापड्रागन ६८५ चिपसेट रहने अनुमान गरिएको छ । जसले गेमिङ र मल्टिटास्किङमा उत्कृष्ट अनुभव प्रदान गर्नेछ । साथै, यसमा कम्प्रेहेन्सिभ कुशनिङ डिजाइन, एसजीएस ५-स्टार ड्रप रेसिस्टेन्स र मिलिट्री–ग्रेड सर्टिफिकेसनजस्ता टिकाउपनका विशेषता पनि समावेश हुनेछन् ।

डिजाइन पक्षमा, फोनमा १२० हर्जको अल्ट्रा–भिजन डिस्प्ले, फ्ल्यागशिप फिनिश, १८०० निट्स पिक ब्राइटनेस, र लो ब्लू लाइट सर्टिफिकेसनजस्ता गुणहरू रहनेछन् । जसले आँखाको सुरक्षा सुनिश्चित गर्नुका साथै उज्यालोमा समेत स्पष्ट दृश्य दिन्छ ।

क्यामेरापक्षमा भिभो भी ५० लाईटमा ५० एम पी सोनी आई एम एस् ८८२ मुख्य क्यामेरा दिइने चर्चा छ । जसको औरा लाईट पोर्टेटसुविधाले कम उज्यालोमा पनि उत्कृष्ट तस्वीर खिच्न सकिनेछ ।  ३२ एम पी अल्ट्रा क्लियर फ्रन्ट क्यामेरा र एआई ईमेज स्टुडियोमा रहेको एआई ईरेज र एआई फोटो ईनह्यान्स जस्ता स्मार्ट टुल्सले फोटो सम्पादनलाई अझ सहज बनाउने कम्पनीले जनाएको छ ।

भिभो भी ५० लाईटका यी विशेषताहरूले नेपाली स्मार्टफोन प्रयोगकर्तामा उच्च उत्साह र अपेक्षा जगाएको छ। यसले शैली, शक्ति र स्मार्ट प्रविधिको सन्तुलन मार्फत नेपाली बजारमा नयाँ मापदण्ड स्थापन गर्ने विश्वास गरिएको छ ।

Share News