नेपालमा नोबेल ब्राण्डको औपचारिक सुरुवात

काठमाडौं । होम एप्लायन्सेस प्रदायक नोबेल इलेक्ट्रोनिक्स नेपाल र एनबीएससीले नेपालमा नोबेल ब्राण्डको औपचारिक सुरुवात गरेको छ ।

दक्षिण एसियामा पहिलो पटक प्रवेश गरेको मेजर एण्ड स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इलेक्ट्रोनिक्स एप्लायन्स र बिल्ट-इन एप्लायन्सहरूको उत्पादनमा परिचित ब्राण्ड हो । 

नोबेलका ब्राण्डले २६ भन्दा बढी देशहरुमा आफ्ना उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको कम्पनीको दाबी छ । 

‘परिवारलाई एकसाथ ल्याउने’ नारासहित नोबेलले सधैं गुणस्तर,भरपर्दो सेवा र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकता दिने गरेको नोबेल इलेक्ट्रोनिक्सकी महाप्रबन्धक सञ्चिता कार्कीले जानकारी दिइन् ।

उनले आधुनिक परिवारको आवश्यकता पूरा गर्ने अत्याधुनिक प्रविधि, भरपर्दो सेवा र उचित मूल्य संयोजन गर्ने दाबीसमेत गरे ।

नोबेल होम एप्लायन्सेस विश्वभर २६ भन्दा बढी देशहरूमा आफ्ना उपभोक्तालाई गुणस्तरीय, भरपर्दो सेवा र नवप्रवर्तनका रूपमा परिचित छ । 

Share News