काठमाडौंमा भारी असिना पानी

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार दिउँसो भारी असिनापानी परेको छ। एकाएक मौसम बदलिएसँगै उपत्यकाका विभिन्न क्षेत्रमा वर्षासँगै असिना परेको हो ।

दिउँसोको समयमा सुरु भएको वर्षासँगै परेको असिनाले जनजीवन प्रभावित भएको छ । केही समयअघिसम्म सामान्य रहेको मौसम अचानक बदलिएपछि सर्वसाधारणलाई आवतजावतमा समेत असहज भएको छ।

मौसममा आएको परिवर्तनसँगै उपत्यकामा चिसोपन बढेको छ । असिनापानीका कारण सडकमा हिँडिरहेका पैदलयात्री तथा सवारी चालक प्रभावित भएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार देशका केही पहाडी तथा हिमाली क्षेत्रमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको छ । 

बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा दिउँसो सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षाको सम्भावना विभागले जनाएको छ 

Share News