तिहारमा चर्को आवाज निकाल्ने ५६ सवारी साधन नियन्त्रणमा

काठमाडौं । प्रहरीले काठमाडौंमा सवारी साधनको स्वरुप परिवर्तन गरी चर्को आवाज निकाल्ने ५६ वटा दुई पांग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

तिहारको अवसरमा शान्ति सुरक्षा चुस्त राख्न खटिएको जिल्ला प्रहरी परिसर, काठमाडौं र यस अन्तर्गतका प्रहरी एकाइहरूले काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरेको सुरक्षा जाँचका क्रममा ५२ वटा मोटरसाइकल र चार वटा स्कुटर नियन्त्रणमा लिएका हुन् । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार नियन्त्रणमा लिइएका ती सबै सवारी साधनले स्वरूप परिमार्जन गरेर अत्याधिक चर्को आवाज निकाल्ने बनाएको पाइएकाले तिनलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।

Share News