डेडिकेटेड तथा ट्रंकलाइन विवाद चाँडै समाधान हुन्छ : ऊर्जामन्त्री खड्का

फाइल तस्बिर ।

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।  

विद्युत नियमन आयोगको वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले उपभोक्ताले मागेको बिल विद्युत प्राधिकरणले समयमा नै उपलब्ध गराउन नसक्दा कानुनी अड्चन आएको भन्दै अब डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरे । 

उनले आफूले कहिल्यै पनि डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नउठाउन नभनेको स्पष्ट पारे । 

दुवै पक्षलाई न्याय हुने गरी बक्यौता उठाउन सरकारले भनिरहेको अवस्थामा यसलाई छिनोफानो गर्ने काममा लाग्न मन्त्री खड्काको आग्रह छ । 

उनले अधिकारसम्पन्न नियमन निकाय हुँदा पनि टीओडी मिटरका विषयमा लामो विवाद हुन लज्जास्पद भएको बताए । उनले राम्रो काम गर्न खोज्दा पनि स्वार्थ नमिलेपछि मिडियाबाजी गर्ने काम हुने गरेको भन्दै गुनासो गरे ।

Share News