काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चारवटा व्यापारिक फर्मलाई कारबाही गरेको छ ।
४ वटा व्यापारिक फर्मलाई ४ लाख २५ हजार रुपैयाँ जरिवाना गरेको विभागले जनाएको छ ।
अनुगमनमा खटिएको टोलीले वस्तुमा मूल्य र नापतौल हेरफेर गरेको पाइएपछि सो जरिवाना गरिएको विभागको भनाइ छ ।
विभागका अनुसार काठमाडौं महानगरपालिका १५ मा रहेको आर्दश बिजनेस प्रालिलाई २ लाख ६० हजार रुपैयाँ, ग्रिम्स इन्टरप्राइजेज प्रालीलाई ८० हजार, बुढानीलकण्ठ नगरपालिकामा रहेको दिग्वजय इन्टरनेसल प्रालीलाई ७५ हजार र काठमाडौं २४ मारहेको बस्त्र प्रालिलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।
साथै कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन समेत निर्देशन दिइएको छ । यसैगरी स्टार मार्वल एण्ड सेनेटरी प्राली र भाटभटेनी सुपरमार्केट डिपाटमेन्टल स्टोर प्रालिलाई सामान्य निर्देशन दिई कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन भनेको छ ।