भूमिसम्बन्धी विधेयकलाई चालु अधिवेशनबाट पारित गरिने

काठमाडौं । सरकारले भूमिसम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गरिने घोषणा गरे।

भूमिसम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गरिनेछ । यसअघि सरकारले संसद नभएको बेला भूमि सम्बन्धी अध्यादेश ल्याएको थियो । 

संसदबाट पास गर्न मुस्किल भएपछि त्यसलाई फिर्ता लिएको थियो । फेरि आगामी वर्षमा भूमि विधेयक अघि बढाउने गरी सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको हो । 

Share News