प्रदेशसभा सदस्य खातुनले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं । मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी छन् । मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशसभा सचिवालयमा मंगलबार आयोजित समारोहमा नवनियुक्त सदस्य खातुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा नेकपा (एमाले) का संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सचिवालयका सभा सचिव वासुप्रसाद कोइरालालगायत कर्मचारीको उपस्थिति थियो । 

खातुन एमालेको समानुपातिक बन्दसूचीको ४० नम्बरमा थिइन् । सांसद जैनब खातुनको निधनपछि उक्त सांसद पद रिक्त थियो ।

Share News