राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन

काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरि राष्ट्रिय शैक्षिक सुधारको कार्यक्रमका रुपमा विकास गरिने छ ।

शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको शिक्षा पद्धतिलाई आधुनिक विज्ञान प्रविधिमैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाइने बताए उनले विद्यालय शिक्षा पुरा गर्नासाथ विद्यार्थीको ग्रेडिङ आधारमा आधुनिक तथा व्यवसायिक शिक्षामा विश्वविद्यालय शिक्षामा प्रवेश गराइने बताएका छन् ।
 

Share News