नेप्सेको पुनः संरचना गरिने, कम्पनी नवीकरण गर्न सामाजिक सुरक्षाको प्रमाणपत्र चाहिने

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनः संरचना गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई शुक्रवार संसदमा प्रस्तुत गर्दै नेप्सेको पुनर्संरचना गरी पुँजीबजारको क्षमता र पारदर्शिता बढाउने बताए । 

नेपाल धितोपत्र बोर्डलाई सुदृढीकरण गर्ने समेत उनले बताए ।

त्यस्तै, सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गर्ने भएको छ ।  

सरकारले शिक्षक दरबन्दी पुनरावलोकन गर्ने घोषणा गरेको छ भने शिक्षक बैंक स्थापना गर्ने नीति समेत सरकारले लिने पौडेलले बताए । उनका अनुसार विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गरिनेछ । 

उच्च शिक्षालाई अनुसन्धानमा आधारित बनाइने, शैक्षिक गुणस्तर मानक बनाएर स्थानीय तहसम्मै लागू गर्ने, विश्वविद्यालय अनुदान विद्यार्थीका आधारमा वितरण गरिने पौडेलले बताए ।

Share News