काठमाडौं । नेपाललाई आरोग्य र ध्यान पर्यटनको आकर्षण स्थलको रुपमा प्रर्वद्धन गरिने भएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले योग ध्यान मार्फत सकारात्मक सोचको अभिवृद्धि गरी नेपाललाई आरोग्य र ध्यान पर्यटनको आकर्षण स्थलको रुपमा प्रर्वद्धन गरिने जनाएको छ ।
उनले पर्यटन क्षेत्रलाई आयआर्जन रोजगारी र सम्बृद्धिको आधारको रुपमा विकास गरिने बताए ।