काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापन गर्नका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने बताएका छन् ।
राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै यस्तो बताएका हुन् ।
यस्तै, उनले डिजिटल बैंक स्थापना गरिने पनि बताएका छन् ।