काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेर एक लाख ८३ हजार ५०० रुपैयाँमा झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार उल्लेख्य रूपमा घटेको हो ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार प्रतितोला एक हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार ५० रुपैयाँले घटेर एक हजार ९१५ रुपैयाँमा झरेको हो ।