सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला एक लाख ८८ हजार तीन सय रुपैयाँमा खरिदबिक्री भएको सुनको मूल्य आज ५०० रुपैयाँले बढेर एक लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो ।  
    

अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० रुपैयाँ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।   

Share News