काठमाडौं । घरेलु उपकरण निर्माता माइडियाले नेपालमा आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा 'स्मार्ट जीवनको नयाँ युग' अभियान सुरु गरेको घोषणा गरेको छ ।
यो अभियान अन्तर्गत ग्राहकहरूलाई थुप्रै अपराजेय अफरहरू, लक्कीड्रहरू र क्यासब्याक प्रदान गरिनेछ, जसले स्मार्ट जीवनशैलीलाई अझ सुलभ र पहुँचयोग्य बनाउनेछ ।
अभियानको हिस्सा स्वरूप, माइडियाले जीवनशैलीमा सहजता ल्याउने नवीन र उपयोगी उत्पादनहरूको श्रृंखला सार्वजनिक गर्दैछ। ग्राहकहरूले बम्पर लक्की ड्रमा ५१९ लिटरको मल्टि-डोर रेफ्रिजेरेटर जित्ने अवसर प्राप्त गर्नेछन् ।
त्यसैगरी, मासिक लक्की ड्र अन्तर्गत माइडिया को ८ किलो क्षमताको वाशिङ मेसिन जित्न सकिनेछ । सुनिश्चित उपहार स्वरूप वाशिङ मेसिन वा डीडी रेफ्रिजेरेटर खरिद गर्दा माइडियाराइस कुकर प्रदान गरिनेछ ।
अभियान अन्तर्गत थप उपहारहरूमा साइडबाइसाइड वा मल्टिडोर रेफ्रिजेरेटरमा इन्डक्सन कुकर, ग्रिलरकन्भेक्सन माइक्रोवेभ ओभनमा खाना पकाउने किट, तथा डिशवाशर खरिदमा २ वटा डिशवाशर ट्याब्लेट उपलब्ध गराइनेछ।
साथै, ग्राहकहरूले आफ्नो खरिदमा अधिकतम ३७ हजार ७०० रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यी उपहार र अफरहरू प्राप्त गर्न ग्राहकले अभियान सामग्रीमा दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो खरिद दर्ता गर्नुपर्नेछ ।
माइडियाले नवीन प्रविधि र उच्च गुणस्तरीय उत्पादनहरूमार्फत उपभोक्ताको दैनिक जीवनलाई सहज, सुरक्षित र स्मार्ट बनाउन प्रतिबद्ध रहेको जनाएको छ।
यो योजना चैत २७ गतेदेखि लागू गरिएको छ ।