लेयर्स कुखुरापालक संघले तोक्यो अण्डाको मूल्य

<p>काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य तोकेको छ । शुक्रबार संघको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधारमानी शनिबारदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो । शनिबारदेखि लागू हुनेगरी ठूलो अण्डाको मूल्य प्रतिपेटी ३ हजार ६ सय रुपैयाँ र मध्यम अण्डाको मूल्य ३ हजार ५ सय रुपैयाँ तोकेको हो । संघले चितवनबाट लोड [&hellip;]</p>

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य तोकेको छ । शुक्रबार संघको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधारमानी शनिबारदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो ।

शनिबारदेखि लागू हुनेगरी ठूलो अण्डाको मूल्य प्रतिपेटी ३ हजार ६ सय रुपैयाँ र मध्यम अण्डाको मूल्य ३ हजार ५ सय रुपैयाँ तोकेको हो ।

संघले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १४० रुपैयाँ थप लाग्ने जनाएको छ।

अण्डाको मूल्यमा यसअघि अन्यथा भएकोले सच्याइएको छ : सम्पादक

Share News