काठमाडौं । समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनी वीक २०२४ अन्तर्गत समृद्धि फाइनान्सको पोखरा शाखा, मधुवन शाखा, गैर शाखा र हेटौंडा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हाे ।
‘प्रोटेक्ट योर मनी, सेक्युर योर फीयुचर’ भन्ने मूल नाराका साथ पोखरा शाखा बाट गुरुङ्ग महिला समुहका ४० जना महिलालाई, मधुवन शाखाबाट स्थानीय ८० जना किसान तथा युवाहरुलाई, गैर शाखाबाट स्थानीय रैथाने विपन्न बडी समुदायका ३५ जना र हेटौंडा शाखाबाट २५ स्थानीय युवालार्ई वित्तिय साक्षरता दिईएको थियो ।
सबै शाखा क्षेत्रहरुमा रेमिटान्स मुख्य आय भएकोले बैदेशिक रोजगारीबाट प्राप्त रेमिटान्सलाई बचतमा परिणत गरि उज्वल भविष्य निर्माण गर्न मद्दत पुग्छ साथै अनावश्यक खर्चहरुलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषमा प्रस्तुतीकरण गरिएको थियो ।
ग्लोबल मनी वीक २०२४ को अवसरमा फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरु बाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।