सेन्ट्रल फाइनान्सका शाखाहरुले गर्यो वित्तीय साक्षरता कार्यक्रम

<p>काठमाडौं । सेन्ट्रल फाइनान्सका विभिन्न शाखा कार्यालयहरूले ग्लोबल मनी विक २०२४ अन्तर्गत सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन् । ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ ग्लोबल मनी वीक २०२४ अन्तर्गत सेन्ट्रल फाईनान्स लिमिटेडका विभिन्न शाखा कार्यालयहरुबाट सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने क्रममा नारायणगढ, लालबन्दी र भैरहवा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम [&hellip;]</p>

काठमाडौं । सेन्ट्रल फाइनान्सका विभिन्न शाखा कार्यालयहरूले ग्लोबल मनी विक २०२४ अन्तर्गत सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन् ।

‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ ग्लोबल मनी वीक २०२४ अन्तर्गत सेन्ट्रल फाईनान्स लिमिटेडका विभिन्न शाखा कार्यालयहरुबाट सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने क्रममा नारायणगढ, लालबन्दी र भैरहवा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम तथा प्रभातफेरी कार्यक्रम सञ्चालन गरेका हुन् ।

चितवनको नारायणगढस्थित नारायणगढ शाखा तथा सर्लाहीको लालबन्दी शाखाले आ–आफ्ना क्षेत्रका अन्य बैंक वित्तीय संस्थाहरुसँग मिलेर वित्तीय साक्षरता जागरणका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।

बैंक वित्तीय संस्थाका सेवा र सुविधा तथा डिजिटल बैंकिङ्गलगायतका वित्तीय तथा जनचेतनामूलक प्लेकार्डहरुसहित आयोजित कार्यक्रममा संस्थाको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै रुपन्देहीको भैरहवा शाखाले भैरहवाको श्री ब्राइट स्टार इङ्गलिश बोर्डिङ्ग स्कूलमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा संस्थाका शाखा प्रमुख अरुण अधिकारीले बैंक तथा वित्तीय संस्थाको बारेमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जानकारी र सुसूचित गर्नुका साथै डिजिटल बैंकिङ्ग लगायत बचत गर्नु किन आवश्यक छ र यसले हाम्रो जीवनमा के भूमिका खेल्दछ भन्ने बारेमा आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल, विद्यालयका शिक्षक वर्ग, कक्षा ९ र १० को विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Share News