सेन्ट्रल फाइनान्सका विभिन्न शाखाहरूले गरे वित्तीय साक्षरता कार्यक्रम

<p>काठमाडौं । सेन्ट्रल फाइनान्सका विभिन्न शाखा कार्यालयहरूले ग्लोबल मनी विक २०२४ अन्तर्गत सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन् । ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नारासहित सञ्चालित कार्यक्रमअन्तर्गत डकाहा, बिर्तामोड, विराटनगर र बर्दिबास शाखाले वित्तीय साक्षरता तथा प्रभातफेरी सञ्चालन गरेका हुन् । सिन्धुली, डकाहास्थित सरस्वती क्याम्पसमा आयोजित उक्त कार्यक्रम डकाहा शाखा प्रमुख दीपेश पाण्डेले [&hellip;]</p>

काठमाडौं । सेन्ट्रल फाइनान्सका विभिन्न शाखा कार्यालयहरूले ग्लोबल मनी विक २०२४ अन्तर्गत सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन् ।

‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नारासहित सञ्चालित कार्यक्रमअन्तर्गत डकाहा, बिर्तामोड, विराटनगर र बर्दिबास शाखाले वित्तीय साक्षरता तथा प्रभातफेरी सञ्चालन गरेका हुन् ।

सिन्धुली, डकाहास्थित सरस्वती क्याम्पसमा आयोजित उक्त कार्यक्रम डकाहा शाखा प्रमुख दीपेश पाण्डेले बैंक तथा वित्तीय संस्थाहरूबारे विद्यार्थीलाई जानकारी दिएका छन् । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, क्याम्पस प्रमुख, शिक्षक-शिक्षिका, कर्मचारी तथा क्याम्पसका व्यवस्थापन संकायका विद्यार्थी उपस्थित थिए ।

संस्थाको बिर्तामोड शाखाले पनि ग्लोबल मनी विक २०२४ अन्तर्गत बिर्तामोडस्थित महेन्द्र रत्न सेकेन्डरी स्कुलमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्‍यो । कार्यक्रममा उक्त शाखाका प्रमुख प्रकाश फुँयालले बचतको विकासले दैनिक जीवनयापन सहज हुने र छरिएका साना रकमलाई एकत्रित गरी पुँजी बनाउन सकिने बताए।

यस्तै, विराटनगर शाखाले विराटनगरस्थित रामसीता माविमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । शाखाका प्रमुख शेखर पोखरेलले बैंक तथा वित्तीय संस्थाबारे विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जानकारी र सुसूचित गर्नुका साथै डिजिटल बैंकिङलगायत बचतका आवश्यकताको विषयमा आफ्ना विचार राखेका थिए ।

महोत्तरीस्थित संस्थाको बर्दिबास शाखाले बर्दिबासका अन्य बैंक वित्तीय संस्थाहरूसँग मिलेर वित्तीय साक्षरता जागरणका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो । बैंक वित्तीय संस्था तथा डिजिटल बैंकिङलगायत वित्तीय जानकारी तथा जनचेतनामूलक प्लेकार्डहरूसहित आयोजित कार्यक्रममा संस्थाको कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Share News