मेरोमाइक्रोफाइनान्स लघुवित्तले विद्याथीहरुलाई प्रदान गर्यो वित्तीय साक्षरता तालिम

<p>काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाले विद्याथीहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । मेरोमाइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्था लि शाखा कार्यालय लौकहीद्वारा &#8216;विद्यार्थी संग मेरोमाइक्रोफाइनान्स= अभियान अन्तरगत ग्लोबल मनी विक अवसरमा सुनसरी जिल्लाको कोशि गाउँपालिकाको लौकही बजार स्थीत श्री कोशी माविमा विद्यार्थिहरुलाई १ दिने वित्तीय साक्षरता तालिम मंगलबार सम्पन्न गरेको छ । उत्त तालिममा ६७ [&hellip;]</p>

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाले विद्याथीहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ ।

मेरोमाइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्था लि शाखा कार्यालय लौकहीद्वारा ‘विद्यार्थी संग मेरोमाइक्रोफाइनान्स= अभियान अन्तरगत ग्लोबल मनी विक अवसरमा सुनसरी जिल्लाको कोशि गाउँपालिकाको लौकही बजार स्थीत श्री कोशी माविमा विद्यार्थिहरुलाई १ दिने वित्तीय साक्षरता तालिम मंगलबार सम्पन्न गरेको छ ।

उत्त तालिममा ६७ जना विद्याथीलाई प्रदान गरिएको थियो । तालिम सचांलन शाखाको शाखा प्रबन्धक सत्येन्द्र प्रसाद यादबले गरेका थिए भने प्रशिक्षण अधिकृत सागर भण्डारीले गर्नु भएको थियो । उत्त तालिममा विद्याथीहरुलाई वित्तीय साक्षरता अन्तरगत बचत, कर्जा, विमा, रेमिटान्स, पारिवारीक बजेट, वित्तीय लक्ष्य निधारण, आधुनिक बैंकिगको बारेमा सिकाइएको थियो ।

Share News