काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य घटेको छ ।
आज तोलामा २ हजार ८०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यस दिन सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुन तोलामा २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला तीन हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।