कामना सेवा विकास बैंकका ग्राहकलाई द एसआर होटेलमा छुट

<p>काठमाडौं । कामना सेवा विकास बैंक र द एसआर होटेल एण्ड इभेन्ट्स प्रालिबीच सम्झौता भएको छ । बैंकले तिलोत्तमा, रुपन्देही स्थित द एसआर होटेल एण्ड इभेन्ट्ससँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको हो । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंक र द एसआर होटेल एण्ड इभेन्ट्स प्रालिबीच सम्झौता भएको छ । बैंकले तिलोत्तमा, रुपन्देही स्थित द एसआर होटेल एण्ड इभेन्ट्ससँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको हो ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

Share News