नेपाली बैंक डुब्ने अवस्था छैन : गभर्नर अधिकारी

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंक डुब्ने अवस्था नरहेको बताएका छन् । सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय बैंकिङ क्षेत्रको विषयमा आएका हल्ला तथा भ्रमलाई चिर्दै उनले भने- &#8216;सानो झिल्कोले पनि विस्फोट हुन सक्छ, बैंकिङको विषयमा भ्रम फैलाउनु हुँदैन, जोगाउने प्रयासतर्फ [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंक डुब्ने अवस्था नरहेको बताएका छन् । सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय बैंकिङ क्षेत्रको विषयमा आएका हल्ला तथा भ्रमलाई चिर्दै उनले भने- ‘सानो झिल्कोले पनि विस्फोट हुन सक्छ, बैंकिङको विषयमा भ्रम फैलाउनु हुँदैन, जोगाउने प्रयासतर्फ लाग्नु पर्छ ।’

साथै, नबुझेकाहरुले बैंकलाई मिटरब्याजी भनेको बताउँदै उनले कुनै तथ्य तथ्यांक बिना मिटरब्याजी भन्न नपाइने समेत बताए ।

विगत १४ महिनाको आयात धान्ने विदेशिक मुद्रा रहेको बताउँदै उनले यो ठूलो स्ट्रेन्थ हो र राज्यले चाहेको खण्डमा प्रयोग गर्न सक्ने जानकारी गराए । तर, प्रयोग हुन भने नसकेको उनको भनाई छ ।

‘बैंकरले सोचेनन्, ऋणीले घाँटी हेरेर ऋण लिनुपर्थ्यो । यसमा बैंकरको पनि दोष छ । हामीले हचुवाको भरमा ऋण दियौं,’ गभर्नर अधिकारीले भने- ‘बैंकिङ क्षेत्रमा खराब कर्जा बढेको छ, यो रियालिस्टिक पिक्चर हो ।’

सहकारीका बचतकर्ता र सञ्चालक बैंकसँग पनि ठोक्किएकाले पछिल्लो समय सहकारीको समस्या बैंकमा ट्रान्सफर भएको बताउँदै उनले सहकारीको नियमनका लागि सेकेन्ड टायर इन्सिच्युट आवश्यक रहेको भनाई राखे ।

साथै, गभर्नर अधिकारीले पछिल्लो समय निर्माण उद्योग पनि समस्यामा रहेकोले यो क्षेत्रको उद्वार गर्नुपर्ने बताए ।

 

Share News