
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले पोखरा भैरहवा विमानस्थलालाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारले देखिएका अड्चनलाई हटाउने बताएका छन् । सोमबार संसदमा सरकारको विनियोजन विधेयक प्रस्ुतत गर्दै अर्थमन्त्री महतले ‘पोखरा र भैरहवा विमानस्थललाइई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन देखिएका अड्चनहरुलाई हटाइने’ बताएका हुन् ।
साथै उनले निजगढ विमानस्थलको लगानी ढाँचा टुंगो लगाई निर्माण प्रकृया अगाडि बढाउने बताए । निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रका लागि आवश्यक जनशक्ति विकास तथा मौलिक संस्कृति, सम्पदा वर रैथाने उत्पादनलाई पर्यटनसँग आवद्ध गरिने कार्यक्रम उनले विनियोजन विधेयकमा समावेश गरेका छन् ।