गभर्नरले खोसे डेपुटी गभर्नर ढुङ्गानाको जिम्मेवारी, मिश्रको यथावत

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनाको जिम्मेवारी हेरफेर गरिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नर ढुङ्गानाको बैंक सुपरिवेक्षण विभागको जिम्मेवारीबाट हटाएका हुन् । गभर्नर अधिकारीले बैंक सुपरिवेक्षण विभाग आफू मातहत राखेका हुन् । डेपुटी गभर्नर ढुङ्गानालाई आर्थिक अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ । यसअघि आर्थिक अनुसन्धान विभाग गभर्न [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनाको जिम्मेवारी हेरफेर गरिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नर ढुङ्गानाको बैंक सुपरिवेक्षण विभागको जिम्मेवारीबाट हटाएका हुन् ।

गभर्नर अधिकारीले बैंक सुपरिवेक्षण विभाग आफू मातहत राखेका हुन् । डेपुटी गभर्नर ढुङ्गानालाई आर्थिक अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ । यसअघि आर्थिक अनुसन्धान विभाग गभर्न आफैले हेर्दै आएका थिए ।

यससँगै डेपुटी गभर्नर ढुङ्गाना मातहत मौद्रिक नीति तथा विदेशी विनिमय नीति समूहका आर्थिक अनुसन्धान विभाग र विदेशी विनिमय व्यवस्थापन विभाग, नियमन तथा सुपरिवेक्षण समूहका वित्तीय संस्था र लघुवित्त संस्था सुपरिवेक्षण विभाग रहेका छन् ।

यस्तै, बैंकिङ्ग व्यवस्थापन समूहका बैंकिङ्ग विभाग र प्रदेशस्थित कार्यालयहरू, सहायक सेवा समूहका मानव संसाधन व्यवस्थापन र संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग डेपुटी गभर्न ढुङ्गाना मातहत छन् ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्रीका अनुसार अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रको जिम्मेवारी भने यथावत राखिएको छ ।

Share News