साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ : सभापति लामिछाने

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न गरेका छन् । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गोपाल किँरातीले कृश्चियन धर्मको विषयमा दिएको अभिव्यक्ति सााजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकारको भएको भन्दै सभापति लामिछानेले सो [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न गरेका छन् । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गोपाल किँरातीले कृश्चियन धर्मको विषयमा दिएको अभिव्यक्ति सााजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकारको भएको भन्दै सभापति लामिछानेले सो प्रश्न गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लामिछानेले लखेका छन्, ‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ। यस्तो गैर-जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्तिसंस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस् ।’

Share News