एभरेष्ट बैंकले सुरू गर्‍याे अफलाइन भुक्तानी सेवा

<p>काठमाडौं । एभरेष्ट बैंकले फोन–पे नेपालसँगको सहकार्यमा अफलाइन भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै बैंकको मोबाइल एपबाट भुक्तानी सुविधा प्राप्त गर्न सक्ने बैंकले बताएको छ । विशेष कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन–पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले सो सेवाको सुरुवात गरेका हुन् [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकले फोन–पे नेपालसँगको सहकार्यमा अफलाइन भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै बैंकको मोबाइल एपबाट भुक्तानी सुविधा प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।

विशेष कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन–पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले सो सेवाको सुरुवात गरेका हुन् ।

कार्यक्रममा बैंकका डिजिटल बैंकिङ्ग विभाग प्रमुख शंकर पोखरेल र फोन–पेका अन्य विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो ।

बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक केन्द्रित नयाँ सुविधा र उर्जा थपेको बताए ।

फोन–पेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले यस सुविधाबाट इन्टरनेटको सीमालाई पार गरी आधुनिक बैंकिङ्गमा नयाँ आयाम थपिएको बताए ।

हालको लागि उक्त सुविधा एनएफसी प्रविधि भएको एन्ड्रोइड फोनहरुमा मात्रै उपलब्ध हुने बैंकले बताएको छ ।

Share News