सिटिजन्स बैंकका ग्राहकले हटपिज रेस्ट्रो र रेगल हेटौंडामा विशेष छुट पाउने

<p>काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले पुतलीसडकस्थित हटपिज रेस्ट्रो र हेटौंडास्थित रेगल हेटौंडा रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बुधबार उक्त छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको सिटिजन्स बैंक इन्टरनेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हटपिज रेस्ट्रोमा १० प्रतिशत र रेगल हेटौंडा रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउने बैंकले [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले पुतलीसडकस्थित हटपिज रेस्ट्रो र हेटौंडास्थित रेगल हेटौंडा रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।

बुधबार उक्त छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको सिटिजन्स बैंक इन्टरनेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हटपिज रेस्ट्रोमा १० प्रतिशत र रेगल हेटौंडा रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउने बैंकले बताएको छ ।

यस्तो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुको साथै नगद कारोबारलाई डिजिटलतर्फ लैजान सहयोग पुग्ने विश्वास लिइएको बैंकले बताएको छ ।

सिटिजन्स बैंकले देशभर १८८ वटा शाखा, १४७ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ सेवा प्रदान गरिरहेको बताएको छ ।

Share News