काठमाडौं । नेपाल एसबिआई बैंकले विभिन्न ४ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । । बैंकले दाङ, भैरहवा, रत्ननगर र रामपुर शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो ।
बैंकले शाखा कार्यालय स्थानान्तरण गर्ने भएकाले घर भाडामा लिन लागेको छ । बैंकका अनुसार दाङको घोराही उपमहानगरपालिका, भैरहवाको सिद्धार्थनगर नगरपालिका रुपन्देही, रत्ननगर नगरपालिका चितवन र रामपुर शाखा विरगंज महानगरपालिका पर्सामा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो ।
बैंकको मुख्य बजार क्षेत्रभित्र पानी, बत्ती बिजुली, टेलिफोन, पार्किङ सुविधा, घरको भुई तल्लामा एटिएम मेसिन जडान गर्ने सुविधा, जेनेरेटर, सौर्य ऊर्जा उपकरण राख्ने सुविधा, सुरक्षा एवं बैंकिङ व्यवस्था सञ्चालन गर्न उपयुक्त व्यापारिक क्षेत्रमा सुविधा सम्पन्न पक्की घर भाडामा लिने भएको हो ।
इच्छुक घरधनीहरूले आफूले मासिक भाडामा दिन चाहेको रकम उल्लेख गरी घरको चार किल्ला प्रमाणपत्र, जग्गा धनीको प्रमाण पुर्जा, नेपाली नागरिकताको प्रतिलिपि, घरको नक्सा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोलपत्र पेस गर्न आग्रह गरेको छ ।