सिद्धार्थ बैंकको नाफा ३.१९ अर्ब रुपैयाँ, ब्याज आम्दानीमा २३.९७ प्रतिशत छलाङ

<p>काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकको गत असारसम्म खुद नाफा ९.९१ प्रतिशत बढेर ३ अर्ब १९ करोड १ लाख रुपैयाँ आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकको गत असारसम्म खुद नाफा ९.९१ प्रतिशत बढेर ३ अर्ब १९ करोड १ लाख रुपैयाँ आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत वर्ष बैंकका खुद ब्याज आम्दानी २३.९७ प्रतिशत बढेर ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ५९ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंककोे खुद फि तथा कमिशन आम्दानी १२.०३ प्रतिशत बढेर १ अर्ब ३६ करोड ६३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १४.५७ प्रतिशत बढेर १० अर्ब ७ करोड २८ लाख रुपैयाँ र सञ्चालन नाफा ९.८३ प्रतिशत बढेर ४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको प्रतिसेयर ५.६५ रुपैयाँ वितरणयोग्य गर्ने क्षमता रहेको छ ।

गत असारसम्म बैंकको चुक्ता पूँजी १२.५० प्रतिशत बढेर १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ, जगेडा कोष २५.३६ प्रतिशत बढेर ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ । यस्तै, बैंकको निक्षेप १६.७६ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जा लगानी ३.०६ प्रतिशत बढाएर १ खर्ब ८४ अर्ब ४ करोड ५६ लाख रुपैयाँललगनी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ०.५३ पैसा घटेर २२.६४ रुपैयाँ छ । बैंकको मूल्य आम्दानी अनुपात ११.१७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८०.७३ रुपैयाँ रहेको छ । असारसम्म बैंकको खराब कर्जा ०.९४ प्रतिशत बढेर २.०१ प्रतिशत पुगेको छ । यस्तै, बैंकको आधार दर ९.९१ प्रतिशत, सीडी रेसियो ७७.१६ प्रतिशत र कस्ट अफ फण्ड ७.८२ प्रतिशत रहेको बैंकले जनाएको छ । वित्तीय विवरण अनुसार बैंकको रिटर्न अफ ईक्विटी (आरओई) १३.५६ प्रतिशत रहेको छ ।

Share News