सहकारीको नियमनमा राष्ट्र बैंकले सहयोग गर्ने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि छुट्टै निकाय स्थापना गर्न सहयोग गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालुआर्थिक वर्षको मौद्रिक नीतिमा नियमनका लागि छुट्टै निकाय स्थापना गर्न सहजीकरण गर्ने उल्लेख छ । ‘आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थाको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि छुट्टै निकाय स्थापना गर्न सहयोग गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालुआर्थिक वर्षको मौद्रिक नीतिमा नियमनका लागि छुट्टै निकाय स्थापना गर्न सहजीकरण गर्ने उल्लेख छ ।
‘आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गरिनेछ’, मौद्रिक नीतिमा भनिएको छ ।

Share News