सेयरधितो, घरजग्गा र हायर पर्चेज कर्जाको जोखिमभार घट्ने

<p>काठमाडौं । नेपाल राष्ट बैंकले सेयरधितो, घरजग्गा र हायर पर्चेज कर्जाको व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले आइतबार चालुआर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै यस्तो घोषणा गरेको हो । ‘सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ,’ माौद्रिक नीतिमा भनिएको छ । निजी क्षेत्रले [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट बैंकले सेयरधितो, घरजग्गा र हायर पर्चेज कर्जाको व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले आइतबार चालुआर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै यस्तो घोषणा गरेको हो ।

‘सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ,’ माौद्रिक नीतिमा भनिएको छ ।

निजी क्षेत्रले घरजग्गा, सवारी तथा सेयर धितो कर्जाको जोखिमभारलाई १५० प्रतिशतबाट ७५ प्रतिशतमै झार्नुपर्ने सुुझाव दिएका थिए । राष्ट्र बैंकले यो जोखिमभार ङटाउने भनेको छ तर कति घटाउने भन्ने विषय खुलाएको छैन ।

Share News