काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंकहरुमाथि कडाइ गरेको छ । राष्ट्र बैंकले चालुआर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै राष्ट्रिय स्तरका विकास बैंकहरुले समेत पूर्ण रुपमा कार्यान्वयन गर्ने बताएसँगै अब विकास बैंकहरु पनि पुँजी कोषको व्यवस्थाको दायरामा आउनेछन् ।
राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा भनिएको छ, ‘राष्ट्रिय स्तरका विकास बैंकहरुले समेत पूर्ण रुपमा क्यापिटल एड्युकेसी फ्रेमवर्क २०१५’ अनुसार पुँजीकोष कायम गर्नु पर्ने व्यवस्था लागु गरिने छ ।’
अहिले वाणिज्य बैंकहरु यो व्यवस्थाले समस्यामा छन् । पुँजी कोष टाइट हुँदा लगानी गर्न सकिरहेका छैनन् । अब विकास बैंकहरुलाई पनि यो सकस पर्ने देखिन्छ ।