कामना सेवा र लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेनबीच मर्चेन्ट सम्झौता

<p>काठमाडौं । कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेनबीच मर्चेन्ट सम्झौता भएको छ । सो सम्बन्धमा दुई संस्थाबीच साउन ४ गते बिहिबार सम्झौता भएको हो । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध भएका ग्राहकले काठमाडौंको नक्सालस्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । बैंकसँग आबद्धताको [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेनबीच मर्चेन्ट सम्झौता भएको छ । सो सम्बन्धमा दुई संस्थाबीच साउन ४ गते बिहिबार सम्झौता भएको हो ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध भएका ग्राहकले काठमाडौंको नक्सालस्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

Share News