विमानस्थलबाट बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइयो, यस्तो छ प्रक्रिया

<p>काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेको सुन नापतौल तथा जाँच गर्नका लागि नेपाल राष्ट्र बैंकमा पठाइएको छ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ विमानस्थलमा बरामद गरेको सुन जोख्नका लागि राष्ट्र बैंकको टक्सार विभाग बबरमहल पठाइएको हो । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार ८० देखि १०० किलोको बीचमा रहेको भएपनि स्पष्ट नरहेकाले तौल नाप्नका लागि [&hellip;]</p>

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेको सुन नापतौल तथा जाँच गर्नका लागि नेपाल राष्ट्र बैंकमा पठाइएको छ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ विमानस्थलमा बरामद गरेको सुन जोख्नका लागि राष्ट्र बैंकको टक्सार विभाग बबरमहल पठाइएको हो ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार ८० देखि १०० किलोको बीचमा रहेको भएपनि स्पष्ट नरहेकाले तौल नाप्नका लागि राष्ट्र बैंक पठाइएको हो । राष्ट्र बैंकको बैंकिङ्ग विभागले सो सुनको तौल नाप्ने काम गर्नेछ ।

राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पोखरेलले केशको किनारा नलागेसम्म राष्ट्र बैंकको मातहत नरहने बताए । अहिले नापतौल गर्ने काम मात्रै हुने भएकाले सो सुन राष्ट्र बैंक मातहत नआउने उनको भनाइ छ ।

‘केशको किनारा नलागेसम्म मुचुल्का बनाएर उनीहरुसँग रहन्छ, केश फाइनालाइज भएपछि नेपाल सरकार वा आन्तरिक राजश्व कार्यालयले सकारेपछि त्यो सुन राष्ट्र बैंकसँग रहन्छ ।’ उनका अनुसारे बरामद गरेको सुन सरकारको नाममा रहने छ ।

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । विभागका महानिर्देशक ढुङ्गानाका अनुसार सुन हङ्कङबाट आएको खुलेको जानकारी दिए ।

Share News