काठमाडौं । पैसा नभएको बैंकको चेक काट्ने भक्तपुरका इन्द्रकुमार राई पक्राउ परेका छन् । बैंकिङ कसुरको मुद्धा लागेको ५१ वर्षिय राई शुक्रबार चाबहिलबाट पक्राउ परेका हुन् ।
५१ वर्षिय राइले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०६९ साल बैशाख ५ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएका थिए ।
उनलाई अदालतले साढे १६ लाख जरिवाना र ४ दिनको जेल सजाए सुनाएको थियो ।