काठमाडौं । माछापुच्छ्रे बैंक र महाराजगञ्जस्थित काठमाडौं प्याथल्याब एण्ड डायग्नोस्टिक सेन्टर र ग्यालेक्सी स्पेशियालिटी किल्निकबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले काठमाडौं प्याथल्याब एण्ड डायग्नोस्टिक सेन्टरबाट प्रदान गरिने सेवामा २५ प्रतिशतसम्म छुट पाउनेछन् । त्यसै गरि ग्यालेक्सी स्पेशियल किल्निकबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि (स्पशियालिटी सर्भिस बाहेक) सुविधाहरुमा २५ प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युअर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।