बैंकहरूको निक्षेप र कर्जा दुबै बढ्दा घट्यो सीडी रेसियो

<p>काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुबैमा वृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप र कर्जा जेठ पहिलो साताको तुलनामा दोश्रो सातामा क्रमशः ६ र ४ अर्ब रूपैयाँले बढेको हो । समीक्षा अवधिमा बैंकहरुको निक्षेप संकलन एक सातामै ६ अर्ब रुपैयाँले बढेर कूल ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको [&hellip;]</p>

काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुबैमा वृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप र कर्जा जेठ पहिलो साताको तुलनामा दोश्रो सातामा क्रमशः ६ र ४ अर्ब रूपैयाँले बढेको हो ।

समीक्षा अवधिमा बैंकहरुको निक्षेप संकलन एक सातामै ६ अर्ब रुपैयाँले बढेर कूल ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । जुन गत साता ४३ खर्ब ७७ अर्ब रुपैयाँ थियो ।

यस्तै, वाणिज्य बैंकहरुको कर्जा लगानी चार अर्ब रुपैयाँले बढेको हो । गत जेठको पहिलो सातामा कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले दोश्रो सातामा ४१ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

त्यस्तै, बैंकहरुको सीडी रेसियो भने गत साताको तुलनामा घटेको छ । गत साता ९०.६० प्रतिशत रहेको बैंकहरुको सीडी रेसियो यो साता घटेर ९०.४१ प्रतिशतमा सीमित भएको छ ।

Share News