स्ट्याण्डर्ड चार्टर्ड बैंकको शाखा नक्सालमा

<p>काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले नारायण चौर, नक्सालमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो । शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले नयाँ शाखाबाट पुराना र नयाँ ग्राहकहरूलाई सेवा दिन पाउँदा हर्षित [&hellip;]</p>

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले नारायण चौर, नक्सालमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले नयाँ शाखाबाट पुराना र नयाँ ग्राहकहरूलाई सेवा दिन पाउँदा हर्षित भएको बताए ।  नयाँ स्थानबाट ग्राहकहरूलाई डिजिटल र स्मार्ट सेवा प्रदान गरिने उनले बताए ।

Share News