कामना सेवा विकास बैंकद्वारा १२ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

<p>काठमाडौं । कामना सेवा विकास बैंकले थप एक शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा जेठ १२ गते बिहीबारबाट चितवन जिल्लाको राप्ती न.पा वडा नंं ०८ जोरकुलामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकले जोरकुलास्थित सुप्रिया थोक तथा खुद्रा किराना पसल (सोम प्रसाद अधिकारी) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले थप एक शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा जेठ १२ गते बिहीबारबाट चितवन जिल्लाको राप्ती न.पा वडा नंं ०८ जोरकुलामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले जोरकुलास्थित सुप्रिया थोक तथा खुद्रा किराना पसल (सोम प्रसाद अधिकारी) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

Share News