बिजनेसमा मात्रै होइन डिजिटल बैंकिङमा पनि अब्बल एनआइसी एसिया बैंक

<p>काठमाडौं । पछिल्लो समय बिजनेसमा आक्रामक रूपले अगाडि बढिरहेको एनआईसी एसिया बैंक डिजिटल बैंकिङमा पनि नम्बर वान बन्ने दौडमा छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसमा घरमै बस्नु परेको सेवाग्राहीहरूको मर्का बुझ्दै अहिले एनआईसी एसिया डिजिटल बैंकिङमा फड्को मारेर सेवाग्राहीले बैंक नै आउन नपर्ने पूर्वाधार तयार पारेर काम गरिरहेको छ । निक्षेप संकलन तथा [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय बिजनेसमा आक्रामक रूपले अगाडि बढिरहेको एनआईसी एसिया बैंक डिजिटल बैंकिङमा पनि नम्बर वान बन्ने दौडमा छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसमा घरमै बस्नु परेको सेवाग्राहीहरूको मर्का बुझ्दै अहिले एनआईसी एसिया डिजिटल बैंकिङमा फड्को मारेर सेवाग्राहीले बैंक नै आउन नपर्ने पूर्वाधार तयार पारेर काम गरिरहेको छ ।

निक्षेप संकलन तथा कर्जा विस्तारमा ‘नम्बर वान’ बैंकको पहिचान बनाएको एनआइसी एसिया बैंकले डिजिटल बैंकिङमा पनि ग्राहकलाई अभ्यस्त बनाउने रणनीतिमा काम गरिरहेको बताएको छ । अहिले बैंकिङ क्षेत्रमा बिजनेसमा ‘लिड’ गरिरहेको एनआइसी एसिया बैंकले बैशा महिनासम्म कुल २ खर्ब ७४ अर्ब ६ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ भने २ खर्ब ९७ अर्ब १५ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ ।

यस्तै, बैंक अधिकांश सूचकमा नम्बर वान नै छ । देशभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर र ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने ठूलो बैंकका रूपमा देखिएको छ ।

डिजिटल बैंकिङमा पनि नम्बर वान बन्न एनआइसी एसिया बैंकले डिजिटल च्यानलहरूमार्फत् ग्राहकको बैंकिङ्ग आवश्यकता सहज एवं सरलरुपमा पूरा गर्न आधुनिक प्रविधिको उचित प्रयोग गर्दै विभिन्न बैंकिङका डिजिटल च्यानलहरू सञ्चालनमा ल्याएको छ ।

बैंकले एनआइसी एशिया मोबैंक, आईसर्भ, टेलर सेवा, कार्ड सम्बन्धी विभिन्न सेवाहरू, आईटच एवं वेबसाइटमार्फत् ग्राहकलाई सुविधा दिइरहेको छ । बैंकल ‘डिजिटल फष्ट बैंक’ बन्ने योजनाका साथ काम गरिरहेको छ ।

एनआईसी एशिया बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि बैंकिङ सेवाहरु उपभोग गर्न मिल्ने हिसाबले ‘सेल्फ हेल्प’ बैंकिङको अभ्यासलाई एनआइसी एसिया मोबाइल बैंक प्लाटफर्ममार्फत् विभिन्न सेवा दिँदै आएको छ ।

एनआईसी एशिया मोबाइल बैंक प्रयोग गरी ग्राहकले आफ्नो खाताको जानकारी, अकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दति निक्षेप खोल्न, बैंकका शाखा तथा एटीएमको स्थान, एनटीसीरएनसेल टपअप, युटिलिटी बिल भुक्तानी र आफ्नो गुनासोको सुनुवाइ लगायतका सुविधा लिन सक्छन् ।

बैंकको मोबाइल बैंकिङ सेवा नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन÷पासवर्ड रिसेट, ग्राहक सम्बन्धी सेवाहरु जस्तै ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो सेयर तथा सीआरएन आवेदन, बचत योजना परिवर्तन, टेलर सेवाहरु ९नगद तथा चेक डिपोजिट भौचर भर्ने० र कार्ड सम्बन्धी सेवाहरु ९ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन लगायतका सुविधाहरु आइसर्भ प्लेटफर्ममार्फत् बैंकले सेवा दिँदै आएको छ ।

बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेपछि ग्राहक संख्या पनि बढ्दै गएको बैंकले बताएको छ ।

डिजिटल बैंकिङमा सुविधा

Share News