
काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले बैंकहरु नाफाभन्दा पनि अर्थतन्त्रको सुधारमा लागेको बताएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका केसीले बैंकहरुले ५० प्रतिशत बढी उत्पादनमूलक क्षेत्रमा लगानी गरेको बताए ।
उनले अहिले देशको अर्थतन्त्र दवावमा रहेको बताउँदै बैंकहरु पनि यसको सुधारमा लागेको बताउँदै वर्तमान तरलताको समस्या अझै सुधार हुने अवस्था नरहेको धारणा राखे ।
अहिले पनि अझै पनि तरलता सुधारका लागि केही पहल तथा स्रोतहरू फेला नपरेको बताउँदै तरलताको समस्या कायम नै रहने देखिएको उनको भनाई छ ।