काठमाडाैं । नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डमा कडाइ गरेको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले अत्यावश्यक भएको खण्डमा भने सीमाको १० प्रतिशत मात्रै कारोबार गर्न पाइने व्यवस्था गरेको छ ।
यस्तै क्रेडिट कार्डमार्फत् वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लािग मात्रै प्रयोग गर्नुपर्ने छ । उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने अवस्थामा सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने छ ।