नेपाल प्रहरीलाई मेगा बैंकद्वारा पकेट नोट बुक सहयोग

<p>काठमाडौं । मेगा बैंकले संस्थागत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ । मेगा बैंकका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका हुन् । स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् [&hellip;]</p>

काठमाडौं । मेगा बैंकले संस्थागत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ ।

मेगा बैंकका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका हुन् ।

स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत सहयोग गरेको बैंकले जनाएको छ ।

Share News